भाडा कसरी अझ स्वच्छ बनाउने भन्नेबारे आफ्नो दृष्टिकोण दिनुहोस्।

एनएसडब्लूमा, हरेक तीन जना मध्ये एक जनाले घर भाडामा लिन्छन्। एनएसडब्लू सरकारले भाडामा लिनेहरू, घरधनीहरू र समुदायलाई सहयोग गर्न भाडा कानूनहरू सुधार गर्न काम गरिरहेको छ। भाडाका लागि राम्रा नियमहरूले भाडामा लिनेहरूलाई थप स्थिरता र घरधनीहरूलाई निश्चितता दिन मद्दत गर्नेछ।


यदि तपाईं भाडाको घरमा बस्नुहुन्छ, स्वामित्व वहन गर्नुहुन्छ वा व्यवस्थापन गर्नुहुन्छ, वा एनएसडब्लूमा घर भाडामा लिने नियमहरूमा रुचि राख्नुहुन्छ भने, हामी तपाईंबाट सुन्न चाहन्छौँ।


तपाईंको प्रतिक्रियाले हामीलाई यी कानूनहरूद्वारा प्रभावित एनएसडब्लूमा बस्ने जो कोहीलाई पनि परिवर्तनहरू गर्न मद्दत गर्नेछ।

तपाईं के सोच्नुहुन्छ हामीलाई भन्नुहोस्

तपाईंले हामीलाई तपाईं के सोच्नुहुन्छ भनेर बुझ्न मद्दत गर्न सक्नुहुन्छ:

  • घरधनीहरूले भाडा सम्झौता अन्त्य गर्न सक्ने कारणहरू। यसलाई कुनै आधार बिहीन निष्कासनको रूपमा पनि चिनिन्छ
  • भाडामा लिनेहरूलाई घरपालुवा जनावरहरू राख्न कसरी सजिलो बनाउने
  • घर जग्गा अभिकर्ताहरूद्वारा राखिएको व्यक्तिगत जानकारीको सुरक्षा
  • भाडा धरौटीहरू एक घरबाट अर्कोमा हस्तान्तरण गर्न सजिलो बनाउने
  • भाडामा लिनेहरूलाई सजिलो बनाउने अन्य तरिकाहरू।

जानकारी र सुझाव गरिएका प्रश्नहरूका लागि जसले तपाईंका प्रतिक्रियाहरूमा मद्दत गर्न सक्छन्, परामर्श पत्र उतार्नु (डाउनलोड गर्नु) होस्।

११ अगस्ट २०२३ सम्म आफ्नो भनाइ राख्नुहोला।

Survey

सर्वेक्षण भर्नुहोस्

Thank you for your input to the survey. The survey period has ended.

गोपनीयता संग्रह सूचना

गोपनीयता संग्रह सूचना

यो परामर्श एनएसडब्लू ग्राहक सेवा विभाग (McKell Building, 2-4 Rawson Place, Haymarket NSW 2000) द्वारा संचालित छ।

एनएसडब्लू सरकारले प्रदान गर्ने कार्यक्रमहरू र सेवाहरू विकास गर्न मद्दत गर्न हामीले तपाईंबाट सङ्कलन गरेको जानकारी प्रयोग गर्नेछौँ।

हामी तपाईंबाट न्यूनतम व्यक्तिगत जानकारी मात्र सङ्कलन गर्दैछौँ। यदि तपाईंले तिनीहरूलाई प्रदान गर्ने छनौट गर्नुभयो भने, हामीले आधारभूत जानकारीहरू जस्तै तपाईंको नाम र सम्पर्क विवरणहरू सङ्कलन गर्न सक्छौँ। हामीले सोध्ने प्रश्नहरूको जवाफमा तपाईंले केही व्यक्तिगत जानकारी प्रदान गर्न सक्नुहुन्छ। उदाहरणका लागि, हामी तपाईंलाई तपाईंको अनुभवहरू वा एक विशेष विषयको बारेमा रायहरू सोध्न सक्छौँ।

तपाईंको भनाइ स्वैच्छिक हो र तपाईंले हामीलाई कुनै पनि व्यक्तिगत जानकारी प्रदान गर्न कानूनी रूपमा आवश्यक छैन। केही परामर्शका लागि, यद्यपि, तपाईंले आफ्नो व्यक्तिगत जानकारी समावेश गर्न सहमत नभएसम्म आफ्नो भनाइ राख्न सक्नुहुने छैन।

यदि तपाईं हामीलाई व्यक्तिगत जानकारी प्रदान गर्नुहुन्छ भने, तपाईंसँग यसलाई पहुँच गर्ने अधिकार छ, र यदि यो गलत छ भने हामीलाई सच्याउन भन्न सक्नुहुन्छ।

हामीले ग्राहक सेवा विभागका अन्य भागहरू (उदाहरणका लागि, डाटा एनालिटिक्स सेन्टर र एनएसडब्लू फेयर ट्रेडिङसँग) तपाईंले प्रदान गर्नुभएको व्यक्तिगत जानकारी साझा गर्न सक्छौँ।

सामान्यतया एनएसडब्लू सरकारको वेबसाइटको प्रयोगको बारेमा गोपनीयता जानकारीको लागि, एनएसडब्लू सरकारको वेबसाइट गोपनीयता वक्तव्य हेर्नुहोस्।

तपाईंले हाम्रो गोपनीयता संयोजकलाई १३ ७७ ८८ मा सम्पर्क गरेर वा Privacy@customerservice.nsw.gov.au इमेल गरेर सम्पर्क गर्न सक्नुहुन्छ।